खबर पूर्वाञ्चल
कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा थपलियासहित ८ जना खेलकुद पत्रकारलाई सम्मान गरेको हो ।
वरिष्ठ खेलपत्रकार नविन अर्याल , भूमिका पाख्रिन , किशोर बुढाथोकी , चुमन बस्नेत , प्रेम देवान , भूमिराज पराजुली र हिमाल खरेललाई सम्मानित भएका छन् ।
सम्मानित खेलकुद पत्रकारहरुलाई कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार , कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई , कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेत लगायतले खादा , प्रमाणपत्र र जनही नगद ११ हजार सहित सम्मान गरे ।
खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले पत्रकारहरुले पत्रकारिता क्षेत्र मार्फत नेपाली खेलकुदको प्रसारप्रचार तथा प्रवद्र्धनमा खेल्नु भएको भूमिकालाई कदर गर्दै सम्मान अर्पण गरेको बताए ।