AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

परमादेशबाट आएको सरकारले देशलाई बन्धक बनाएको एमाले संसदीय दलका उपनेता नेम्वाङको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० भाद्र २०७८, बुधबार १७:५८
720
Shares
विराटनगर / नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका हुन् । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्नेभन्दा पनि देशलाई बन्धक बनाउने काम मात्र भएको बताए । ‘जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्छ,’ नेम्वाङले भने, ‘तर, परमादेशबाट आएको सरकारले बुझ्दैन ।’ सर्वाेच्च अदालतले गलत निर्णय गर्न थालेको जस्तो आफूहरुलाई लागेको समेत उनले बताए ।
माधव नेपाल अध्यक्ष रहेको पार्टीमा सनाखतको माग गर्दै सर्वाेच्च अदालत गएका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरी अन्तरिम आदेश दिएकोप्रति लक्षित गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

नेता नेम्वाङले अदालतका कतिपय निर्णयसँग सहमत नहुँदा नहुँदै पनि सर्वाेच्च अदालतप्रति सम्मान गर्ने बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वाेच्च अदालतलाई हामी सम्मान गर्छौं ।’

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ २५ गते संसदमा टेबल गरेका थिए । पार्टी फुटाउनका लागि संसद नै रोकेर अहिलेको सरकार लागि परेको र यति बेला समय पाएनौँ भन्नु लज्जास्पद भएको नेम्वाङको भनाइ थियो ।

नेता नेम्बाङले सभामुख सबैको नेता हुन नसकेको आरोप लगाउदै उनले संसद अवरुद्ध राखिराख्ने समेत बताए । संसदमा एमालेका सांसद अराजक रुपमा प्रस्तुत भए नि भन्ने संचारकर्मीको प्रश्नमा नेता नेम्बाङले एमाले संसदीय दलको बैठक राखेर सवैलाई संयमिति हुन निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर