animated ellipse animated ellipse

नेपाली सेना –पाँच दिने विपद् अभ्यास हातेमालो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०८०, शनिबार १८:३३
81
Shares
विराटनगर / नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले विपद् व्यवस्थापन सम्बन्धी पाँच दिने अभ्यास हातेमालो –५ आज सम्पन्न भएको छ ।

जिल्लामा हुने वाढी, पहिरो , डुवान, आगलागी तथा भुकम्पका समयमा जनधनको क्षतिको न्यूनिकरण एवं राहत र उद्धारका कार्यमा विपद व्यवस्थापनसँग सम्वद्ध सम्पूर्ण निकायहरुलाई समन्वयात्मक ढंगबाट परिचालन लागि अभ्यासको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए ।

विपद् व्यवस्थापनसँग समन्वय निकायहरुको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको वारेमा एक आपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

पाँच दिने अभ्यासको कममा सरोकारवाला निकायहरुलाई अभ्यास सम्बन्धि जानकारी, सरोकारबाला निकायहरुबाट आफ्ना कार्यालयको काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको वारेमा प्रस्तुतिकरण र विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरु बीच समुहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी कार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समितिहरु, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी वल,राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटी, विराटनर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाहरुको विपद एवं राहत र उद्धार प्रदर्शन गरिएको थियो ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकासभै विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताए ।

नेपाली सेनाका थलहाका गणपति प्रमुख सेनानी अमृत थापा मगरले विपद्को समयमा छिटो छरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनिकरण अभ्यासले सहयोग पुग्ने विचार राखे ।

सो अवसरमा गणमा वाढी पहिरोका आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामाग्रीको प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर