AArya
RUMPUM
animated ellipse animated ellipse

पाँचौ वर्षमा प्रवेश अवसरमा विराटनगरको आर्या न्यूरो हस्पिटलले असार महिनाभर न्यूरो ओपिडी निःशुल्क, ल्याब परीक्षणमा विशेष छुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०८३, आईतवार १०:०८
3
Shares

विराटनगर / विराटनगर–३, कन्चनबारीमा रहेको चर्चित स्वास्थ्य संस्था ‘आर्या न्यूरो हस्पिटल’ ले आफ्नो स्थापनाको चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।
पाँचौ वार्षिकोत्सवको अवसर पारेर हस्पिटलले बिरामीहरूको सेवाका लागि महिनाभरि विशेष सहुलियतका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

अस्पताल प्रशासनका अनुसार वार्षिकोत्सवको उपलक्ष्यमा असार महिनाभर ‘न्यूरो ओपिडी’ सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ । त्यसैगरी, मधुमेहका बिरामीका लागि ब्लड सुगर फास्टिङ र पिपी, पिसाब जाँच र रक्तचाप ब्लड प्रेसर जाँच पनि निःशुल्क उपलब्ध गराइने अस्पतालका निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
निर्देशक ठाकुरका अनुसार यी बाहेक अस्पतालमा गरिने अन्य सम्पूर्ण स्वास्थ्य जाँच तथा ल्याब परीक्षणहरूमा बिरामीले २५ प्रतिशत छुट पाउनेछन् ।

विगत चार वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालले छोटो समयमै बिरामीहरूको ठूलो विश्वास जित्न सफल भएको छ । विशेषगरी न्यूरो सम्बन्धी जटिल प्रकारका शल्यक्रिया र उपचार सेवामा आर्या न्यूरो हस्पिटलले कोशी प्रदेशमै आफ्नो छुट्टै पहिचान बनाएको छ ।

अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालको नेतृत्वमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक

प्रविधिमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको यो छुटले धेरै भन्दा धेरै बिरामीलाई लाभ पुग्ने विश्वास अस्पतालले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर