RUMPUM
animated ellipse animated ellipse

अध्यक्षमा राष्ट्रिय शैक्षिक परार्मश संघ कोशीको अध्यक्षमा लिम्बु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०८०, मंगलवार १७:४२
333
Shares
विराटनगर / सन्तोष लिम्बु (कुरुम्बाड)को अध्यक्षमा राष्ट्रिय शैक्षिक परार्मश संघ(नेका) कोशी प्रदेश समिति निर्वाचित भएको छ ।

दोस्रो बार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको अध्यक्षमा समिति निर्वाचित भएको हो । त्यस्तै उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह–सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दिवश भुर्तेल, विष्णु राई, चन्दन माझी र सोनाम रिजाल निर्वाचित भएका छन् । सल्लाहकार संयोजकमा प्रमोद श्रेष्ठ चयन भएका छन् भने दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल सल्लाहकार सदस्यमा चयन भएको नव निर्वाचित अध्यक्ष लिम्बुले जानकारी दिए । संघमा कोशी प्रदेशका २० वटा कन्सल्टेन्सी आवद्ध भएको संघका सल्लाहाकार टिका ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर