RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी प्रकरण : गोरेका सहयोगी खडकालाई विराटनगर ल्याइयो, आरडीटी जाँच गर्दा कोरोना पोजेटिभ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ असार २०७७, सोमबार २१:११
3
Shares
विराटनगर / मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं लगभग ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई मोरङ ल्याइएको छ ।

‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका उनलाई दुवईबाट नेपाल आउने क्रममा गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ ल्याएको थियो । उनी विरुद्धको मुद्दा जिल्ला अदालत मोरङमा रहेपछि गयराति ११ बजे मोरङ ल्याइपु¥याइएको हो ।

प्रहरीले आरडीटी विधिबाट कोरोना परीक्षण गरेर उनलाई आज मोरङ अदालतमा पेस गरेको थियो । तर रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण भए नभएको विषयमा पिसीआर विधिबाट थप परीक्षण गरेर रिपोर्टसहित बुझाउन अनुमति दिएर अदालतले फिर्ता पठाएको छ । आरडीटी पोजेटिभ आएपछि बयान लिएर उनीमाथि अघि बढाउनु पर्ने कारबाहीको प्रक्रिया तत्काललाई रोकिएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । पिसीआर विधिबाट परीक्षण गर्न अभियुक्तको स्वाब संकलन भइसकेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताए । पिसीआर रिपोर्ट आएपछि अदालतमा बुझाइने र त्यस भन्दा अघि आइसोलेसनमा लगेर राखिने उनको भनाइ छ ।

एसपी खड्काका अनुसार कुनै घटनामा संलग्नलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि प्रहरीले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको छ । अभियुक्त खड्कालाई दुवईमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारपछि निको भएर उनी नेपाल आउने क्रममा काठमाडौंमा पक्राउ परेको स्रोतले बतायो । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने फरार बनेका थिए । रेकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत उनको खोजी भइरहेको थियो । सुन तस्करीका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ समूहले दुवईबाट २०७४ साल माघमा तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएको थियो । उक्त सुन अहिलेसम्म भेटिएको छैन । त्यही सुन गायब बनाएको आरोपमा गोरे समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १९ गते सनम शाक्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर