खबर पूर्वाञ्चल
मोरङ कटहरी गाउँपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय पञ्चु पासवानलाई पक्राउ गरेको हो ।
पासवानले कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रुपैयाँ नगद लिएका थिए । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । ‘पक्राउ परेका अभियुक्तले अरुलाई पनि ठगी गरेको हुनसक्छ । त्यसतर्फ पनि हामीले अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि अरु पनि खुल्न सक्छ ।’
पक्राउ परेका पासवानलाई ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया