AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा सामाजिक विषय अन्तर्गत पाठ्य एकाइमा आधारित प्रदर्शनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ असार २०८३, बुधबार १५:५८
3
Shares
विराटनगर / विद्यार्थीहरूको सिर्जनात्मकता, अनुसन्धान क्षमता र सिकाइलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुल विराटनगरमा सामाजिक विषय अन्तर्गत पाठ्य एकाइमा आधारित प्रदर्शनी आयोजना गरिएको छ।

यस प्रदर्शनीमार्फत विद्यार्थीहरूले पाठ्यपुस्तकमा आधारित विषयवस्तुलाई विभिन्न चार्ट, नमुना सामग्री, परियोजना कार्य तथा प्रस्तुतीकरणका माध्यमबाट अभिव्यक्त गरेका थिए। यस प्रकारका क्रियाकलापले विद्यार्थीहरूको ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन, आत्मविश्वास बढाउन तथा सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विद्यालयले जनाएको छ।

विद्यालयले विद्यार्थीहरूको समग्र विकास र गुणस्तरीय सिकाइलाई प्राथमिकता दिँदै प्रत्येक बुधबार नियमित रूपमा पाठ्य एकाइमा आधारित प्रदर्शनी तथा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। साथै, सिकाइ उपलब्धिको मूल्याङ्कन गर्न एकाइगत परीक्षासमेत नियमित रूपमा सञ्चालन गरिँदै आएको छ।

यस्ता निरन्तर अभ्यासहरूले विद्यार्थीहरूलाई विषयवस्तु बुझ्न, विश्लेषण गर्न, अनुसन्धान गर्न र आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाउँदै गएको विद्यालयका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए।

ग्रेडेडले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित, सिर्जनात्मक तथा व्यवहारिक सिकाइलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर