पूर्वाञ्चल खबर


प्लस टूलाई हामीले प्रि(युनिभर्सिटीका रूपमा लिएका छौँ । यो दुई वर्ष जसले कडा मेहनत गर्छ र स्पष्ट सपना देख्छ, उसैको भविष्य सुन्दर हुन्छ, प्रिन्सिपल खड्काले भने, ूतपाईँहरूका पछाडि बुबाआमाको ठुलो लगानी र भरोसा छ । बिहानै उठेर खाजा बनाइदिने र लुगा व्यवस्था गरिदिने ती हातहरूको सम्मानका लागि पनि तपाईँहरूले उत्कृष्ट नतिजा ल्याउनुपर्छ ।
उनले विद्यार्थीहरूलाई १० वर्षपछिको आफ्नो अवस्था कस्तो होला भनेर अहिले नै सोच्न र योजना बुन्न आग्रह गरे । आजको १० वर्षपछि तपाईँ कस्तो गाडीमा चढ्ने, कस्तो घरमा बस्ने र आफ्ना बुबाआमालाई कसरी सुख दिने भन्ने कुरा आजैको मेहनतमा भर पर्छ, उनले थपे, यदि यो दुई वर्ष अल्छी गर्नुभयो वा शिक्षक र अभिभावकलाई ढाँट्नुभयो भने, त्यो अरूलाई होइन, आफ्नै भविष्यलाई धोका दिएको ठहरिनेछ । उनले सफलताका लागि अनुशासनलाई अनिवार्य सर्तका रूपमा औँल्याए ।
कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री एवं कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै गुणस्तरीय शिक्षाका लागि कलेज प्रतिबद्ध रहेको बताए । प्रसिद्ध उत्प्रेरक (मोटिभेटर) डा. लिमन गैरेले विद्यार्थीहरूलाई शैक्षिक लक्ष्य कसरी प्राप्त गर्ने र तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उत्प्रेरणा जगाएका थिए ।
विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार रायले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कलेजका शिक्षक तथा पदाधिकारीहरूले शैक्षिक वातावरण र कलेजको अनुशासनका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए भने नयाँ विद्यार्थीहरूले आफूले उच्च शिक्षाका लागि शिक्षादीप कलेज रोज्नुका कारणहरू समेत साटेका थिए ।
यस वर्ष कलेजको विज्ञान संकायमा मात्रै १ हजार १ सय ३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विराटनगरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यस कलेजले हरेक वर्ष विद्यार्थीहरूलाई प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्ति र उच्च शिक्षाका लागि तयार गर्दै आएको छ ।