पूर्वाञ्चल खबर
समाजले वराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालिन वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गरी ५ गाबिसहरुमा जन्मेर हुर्केर विराटनगर र आसपास क्षेत्रलाई कर्मथलो बनाई बिभिन्न पेशा गरी बस्नु हुने १ सय २० घर परिबारबाट २ सय ६० जना सदस्यहरुको पारिबारीक मिलन तथा बनभोज कार्याक्रम सम्पन्न गरेको छ ।
समाजले बिस २०७४ सालदेखि विभिन्न कार्यक्रम गर्दे आएको छ । अगामी बर्षदेखि बिभिन्न कार्यक्रम गर्नका लागि ४ उपसमितीको संयोजक तोकिएको सम्पर्क समाजका अध्यक्ष अविजाल बिष्टले जानकारी गराए । महिलाहरुको लागि तीज कार्यक्रम सम्पन्न गर्न विराटनगर ४ निबासी मन्जु बरालको संयोजकत्व ७ सदस्य उपसमिती बनेको छ । यसै गरी विभिन्न मन्त्रालय र पालिकाहरुमा समन्वय र प्रस्तावना पेश गर्नका लागि अध्यक्ष अबिजाल बिष्टको संयोजकत्व ५ सदस्य उपसमिती बनेको छ ।
विराटनगरबाट नजिकै रहेको धार्मिक तथा आन्तरिक पर्यटनलाई सहयोग पुराउने हेतुका साथ अगाडि बढेको यो समाजले सम्पुर्ण वराहक्षेत्र नगरपालिका साथै रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिकामा रहेका धार्मिक मठमन्दिरहरको संरक्षण, प्रचारप्रसार लगायतका बिबिध कार्यक्रम गर्ने भावी योजना बनाएको अध्यक्ष अविजाल बिष्टले कार्याक्रममा प्रस्तुत गरेका थिए । सबै घरपरिबारलाई पारिवारीक मिलन र बार्षिकरुपमा बनभोज कार्याक्रमलाई नियमित गर्न उद्योगी तथा समाजसेवी युवराज वरालले सहयोग गर्ने बताएका छन् ।
कार्याक्रममा २५ जना अग्रजहरु ब्यक्तित्वहरुलाई जेष्ठ सदस्य नारदप्रसाद दाहालले सम्मान गरे भने कोषाध्यक्ष मातृका निरौलाले बार्षिक आय ब्यय आर्थिक बर्ष २०८१ असार मसान्त सम्मको हिसाब किताब सार्वजनिक गरे ।