खबर पूर्वाञ्चल
भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले पत्रकारले नागरिकको प्रेस स्वतन्त्रताको पक्षमा महत्वपूर्ण भूमिका निर्भाह गरेको उल्लेख गर्दै जिम्मेवार पत्रकारी गरिनुपर्नेमा जोड दिए । उनले पेशागत मर्यादा कायम गरेर तथ्यगत पत्रकारती गरिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा काकुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महासंघको आउँदै गरेको निर्वाचनलाई लक्षित गरि मर्यादित पेशा बनाउन सहमतिमा नेतृत्व चयन गरिनुपर्नेमा सुझाब दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आमसंचार नीति २०७३ को परीधिमा रहेर प्रदेश सरकारले कानून बनाउँदा त्यसमा रहेर अगाडी बढन आग्रह गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, प्रादेशिक संचार प्रष्ठिानका कार्यकारी निर्देशक यज्ञ शर्मालगायतले बोलेका थिए ।
७६ लाख लागत निर्माण भएको सो भवन दुई तलाको रहेको छ । विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कठ्ठा जमिनमा अत्याधुनिक भवनको बनेको हो । महानगरले जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले दिएको बजेटले भवन बनेको महासंघका महासचिव विवेक गौतमले जानकारी दिए । पहिलो तलामा व्यवसायिक योजनासहितका सटर र पुस्तकालय रहनेछन् । त्यस्तै दोस्रो तलामा कार्यालय र बैठक कक्ष रहेको छ । तेस्रो तला पनि बनाउने क्रममा रहेको छ । तेस्रो तलामा ३ सय व्यक्ति अट्न सक्ने सभाहल बनाउने बताइएको छ ।