AArya
RUMPUM
animated ellipse animated ellipse

पुस्तक तथा ब्यवसायी संघ मोरङको १ नं ईकाईको अध्यक्षमा अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७८, शनिबार १८:५९
2.17k
Shares
विराटनगर / पुस्तक तथा स्टेसनरी ब्यवसायीहरुको संगठन नेपाल पुस्तक तथा ब्यवसायी संघ मोरङको १ नं ईकाईको आज सम्पन्न अधिवेशनले तेजनाथ अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

आज सम्पन्न दोस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा परमानन्द सिंह, उपाध्यक्षमा नवीन रेग्मी, सचिवमा सुशील घिमिरेलाई चयन गरेको छ । यस्तै सहसचिवमा चुडामणी भण्डारी र कोषाध्यक्षमा प्रमोद विश्वास चयन भएका छन्ु ।

नव निर्वाचित सचिव घिमिरेका अनुसार सदस्यहरूमा नवराज पराजुली, अविलास अग्रवाल, विनोद सिग्देल, रमेश भट्टराई, रवि क्षेत्री, दिलिप श्रेष्ठ, यतिराज पोखरेल, चन्द्रदेव केसरी, निरज आचार्य, दिपेन्द्र घिमिरे र गोपाल पोखरेल चयन हुनुभएको छ । २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर