AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७७, मंगलवार २१:३९
540
Shares
विराटनगर / मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ।

एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को अडिसन यही माघ २४ गते विराटनगरमा गर्ने जानकारी दिइयो । इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक भरत रौनियरले विराटनगर, इटहरी, धरान, झापा क्षेत्रका रौनियार समुदायका १६ वर्षदेखि ३० वर्षका अबिवाहित युवायुवतीहरुको अडिसनमा सहभागिता रहने बताए ।

आगामी फागुन महिनाको दोश्रो हप्तामा काठमाडौमा गरिने दोश्रो मिस एण्ड मिस्टरको अन्तिम चरणको प्रतियोगिताका लागि अघि नै प्रदेश २ र वागमतीको लागि छनौट कार्य सम्पन्न भैसकेको जानकारी दिइयो ।

प्रतियोगितामा उपाधि विजेता तथा उपबिजेताहरुलाई आकर्षक पुरस्कार सहित म्युजिक भिडियोमा कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको संयोजक रौनियारले जानकारी दिए ।

रौनियार समाज विराटनगरका अध्यक्ष रामनरेश साहले रौनियार युवायुवतीको भित्र लुकेर रहेको प्रतिभा प्रस्फुुटन गराउन प्रतियोगिताले सहयोग पु¥याउने विचार व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करीव ४० देखि ५० लाख खर्च लाग्ने सोही अवसरमा जानकारी दिइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर