AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार प्रदेश सरकार : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०८२, बिहीबार १४:०२
63
Shares
विराटनगर /कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ ।

कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजिकरण गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको उहाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर