पूर्वाञ्चल खबर

मन्टेश्वरी तहका प्ले ग्रुपदेखि कक्षा १ सम्मका २५० जना विद्यार्थीले विभिन्न चाडपर्वहरूको प्रदर्शन गरेका हुन् । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले चाडपर्वहरु हाम्रा संस्कृती र संस्कार पनि हुन् भन्दै पूर्वीय दर्शन अनुसार नेपालका संस्कार र संस्कृति रहेकाले त्यसलाई जोगाई राख्न व्यवहारिक रुपमा ज्ञान दिन कार्यक्रमको आयोजना भएको बताए । उनले भने,‘हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ, त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रुपमा प्रदर्शन गरिएको हो ।’ ्
एभरेष्टले शिक्षालाई सीप संस्कार र प्रविधिलाई सँगसँगै जोडेर अघि बढेको भन्दै प्रिन्सिपल पुरीले हरेक किताबी ज्ञानलाई प्रयोगात्मक समेत गराउँदै आएको बताए। सानैदेखि आफ्ना कला, धर्म, संस्कृति र संस्कार सिकाउन आवश्यक रहेको भन्दै उनले यो कार्यक्रम प्रभावकारी हुँदै आएको समेत बताए । आज मन्टेश्वरीका विद्यार्थीले गरेजस्तै भोली प्राथमिक तहका विद्यार्थीहरुले चाडपर्व लक्षित कार्यक्रम गर्ने समेत उनले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला, विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिति थियो ।