animated ellipse animated ellipse

विराटनगर ८ मा महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०८१, बिहीबार १९:११
459
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग संवन्धि नि ः शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुई पटक विहान ११ देखि दिउँसो २ वजे सम्म वडा कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए । वडाध्यक्ष पोखरेलका अनुशार विहीबार पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरि १२ जनाले सेवा लिएका छन् ।

सेवाग्राहीहरुलाई विराट नर्सिङ होमका डा. डा. भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गरे । निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्यहरु पवित्रा विक, मो. अब्बास, भुवन राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर