खबर पूर्वाञ्चल
उनले ११ हजार ४७९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री तथा नेकपा (एमाले) का नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रका अर्का प्रतिस्पर्धी राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाएका छन् । पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालालई हराउँदै विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यसबेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । पराजुलीले २३ हजार ०३१ मत प्राप्त गरेका थिए भने ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
को हुन भीम पराजुली ?
भीम पराजुलीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । विद्यार्थी संगठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसंघको अध्यक्ष भए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा रहेका पराजुली प्रभावशाली स्थानीय नेताका रुपमा जनता माझचिनिएका छन् ।
पराजुली राजनीतिक रुपमा मात्रै नभएर दर्जन बढी सामाजिक संघसंस्थामा पनि संलग्न छन् । २०६२-६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए ।
२०३१ चैत २० गतेका बुवा स्व।तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता रुपमा चिनिदै आएका छन् ।
तपाईको प्रतिक्रिया