खबर पूर्वाञ्चल
नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते देखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू हुन लागेको हो । आयोजकले मोरङको नेताचोकमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गारएको छ । प्रतियोगितामा ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुले भाग लिन पाउने क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । आयोजक नेता चोक टाईगर क्लव, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बोराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर चोक र जनता भेट्रान सुनसरी वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक नेताचोक टाईगर क्लव र विराटनगर युनाइटेडवीच हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा पशुपति बोर्डिङ र सहप्रायोजकमा थारू कल्याणकारी सभा मोरङ रहेको छ ।
प्रतियोगिताको विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । खेलको प्लेयर्स अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार, बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएको क्लवका सचिव अविन गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया