AArya
RUMPUM
animated ellipse animated ellipse

साल्पादेवी मन्दिरको वार्षिक संसारी पूजा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०८३, सोमबार १८:२९
3
Shares
विराटनगर /सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डरीस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री साल्पादेवी मन्दिरमा यस वर्षको वार्षिक संसारी पूजा सम्पन्न भएको छ ।

विक्रम संवत् १९८८ सालमा स्थापना भएको यस मन्दिरमा बली चढाइएको प्रसाद घर लैजान नहुने र मन्दिर परिसरकै खेतमा बसेर खानुपर्ने अनौठो एवं मौलिक परम्परा रहिआएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डरीस्थित शाल्पादेवी मन्दिरमा पारम्परिक विधिविधान अनुसार यस वर्षको वार्षिक संसारी पूजा सम्पन्न भएको छ । पूजाका क्रममा देवीलाई खीर र फलफूलको प्रसाद अर्पण गर्नुका साथै बोका तथा पाठीको बलि प्रदान गरिएको थियो । यस मन्दिरमा बली चढाइएको प्रसाद घर लैजान नहुने अनौठो धार्मिक मान्यता रहिआएको छ । सोही मान्यता अनुसार मन्दिरसँगैको खेतमा श्रद्धालुहरूलाई राखेर भूजा र प्रसाद वितरण गरिएको थियो ।

प्रत्येक वर्षको ज्येष्ठ महिनामा वार्षिक पूजा गर्ने प्रचलन रहेपनि यसपल्ट मलेमास परेका कारण असारमा पूजा गरिएको स्थानीय संजु बंजाराले बताए ।

हाल साढे ५ कट्ठा जग्गा क्षेत्रफलमा फैलिएको यस मन्दिर परिसरमा शाल्पा माताका साथै हनुमान, शनिदेव र नागनागिनीको मन्दिर समेत अवस्थित छ । विगतमा गाउँका मानिसहरू बिरामी हुँदा यस ठाउँमा आएर भाकल गर्दा निको हुने गरेको जनविश्वासका कारण यहाँ पूजापाठको चलन बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डिका बंजाराले बताए।

विगतमा घना जंगल रहेको यस क्षेत्रमा विक्रम संवत् १९८८ सालमा मन्दिरको स्थापना गरिएको इतिहास छ । स्थानीय एक महिलामा दैवी शक्ति प्रवेश गरी देवीले मन्दिर स्थापना गर्न अह्राएपछि यो मन्दिर निर्माण गरिएको पुराना जानकारहरू बताउँछन् । अत्यन्त रमणीय, शान्त र धार्मिक दृष्टिकोणले शक्तिशाली भएर पनि आवश्यक प्रचारप्रसारको अभावमा यो स्थल ओझेलमा परेको पर्यटन कार्यालय काकाडभिट्टाका पुर्व प्रमुख रहिसक्नु भएका स्थानीय पिताम्बर शर्माले बताउनुभयो ।

विराटनगरको बरगाछी पश्चिम केशलिया खोला पारिबाट झण्डै डेढ किलोमिटर उत्तरतर्फ अवस्थित यो मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर