मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरू

खबर पूर्वाञ्चल, १६ श्रावण २०७९, सोमबार १७:१९
4.78k
Shares

विराटनगर / ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ ।

विराटनगर – २ शंकरपुर सोमबारेहाटमा आफनै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभराम्भ गरेको हो ।

एक सय शैय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका संचालक बिकास अधिकारीले बताए । ‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गर् िहामीले स्वास्थय बिमा कार्यक्रमको शुभारम्भ गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका विरामीले अब बिमाबाट पनि उपचार गर्न सक्नेछन् ।’

मोरङ सहकारी हस्पिटलमा विशेषज्ञ चर्चित चिकित्सकहरूबाट यहाँ उपचार हुने गरेको छ । अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर पौडेलको महिनामा एक पटक सेवा दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५