animated ellipse animated ellipse

विपद नियन्त्रणमा जनताको आम सहभागिता गराउन सरकार क्रियाशिल रहेको छ –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०८१, बुधबार १८:३३
18
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा शसस्त्र प्रहरी बल वराह वाहिनी पकली सुनसरीका प्रम्ख शुम्भ सुवेदीलाई अग्नी नियन्त्रणका लागि १७ लाख १७ हजार ८२० मूल्य बरावरको सात प्रकारका हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् । उनले विपदको पूर्व तयारीबाट दुर्गम स्थानमा विपदका घटनाका नियन्त्रणमा सहयोग पुगी जनधनको क्षति रोक्न सकिने बताए ।

मुख्यमन्त्री कार्की विपद नियन्त्रणमा जनताको आम सहभागिता गराउन सरकार क्रियाशिल रहेको बताए । उनले पहिरो र वाढी आउने स्थानमा स्थानीय पालिकाको सहयोगमा आगामी जेठ महिना अगाडि वस्ती सार्ने बताए ।

मुख्यमन्त्री कार्कीले यस वर्ष वर्षा,वाढी र पहिरो ज्यादै आएकोले तराईमा शित लहर आउने सम्भावना भएकोले त्यसको तयारी गर्न मन्त्रालयलाई निर्देशन समेत दिए । उनले सडक दुर्घटनावाट ठूलो मानवीय एवं भौतिक क्षति भैरहेकोलेले यसलाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वय हुन् पर्ने सुझाव दिए ।
वराह वाहिनी सुनसरीका प्रमुख सुवेदीले प्राप्त सामग्रीले अग्नी नियन्त्रणमा सहयोग पुग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर