RUMPUM
animated ellipse animated ellipse

सामूहिक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक विनोद राउत र सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३ लाख जरिवनाको फैसला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०८०, बुधबार १७:२०
11.71k
Shares
विराटनगर / १९ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई अदालतले कैद सजाय निर्धारण गरेको छ ।

मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले राउत र सुवेदीलाई बुधबार ८ वर्ष कैद र जनही ३÷३ लाख रुपैयाँ जरिवना तोक्ने फैसला गरेको हो ।

जवरजस्ती करणी मुद्दामा ७ वर्ष र सामुहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । यसअघि बिहीबारको इजालशले उनीहरुको कसुर ठहर भएको थियो । मुलुकी फौजदारी मुद्दमा कसुर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।

विराटनगर महानगरपालिका–४ का राउत नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरुले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेखछ । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका थिए । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर