पूर्वाञ्चल खबर
रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।
संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई आजै उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनको अहिलेको अबस्थामा थोरै भएपनि यसले सहजता थपिने बताए ।