AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योगी राउतले आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई निशुल्क खानाको व्यवस्थापन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७७, आईतवार १८:४०
1.14k
Shares
विराटनगर / कोभिड १९ आइसोलेशनमा बसेका कोरोना संक्रमितको लागी विराटनगरका उद्योगी एवम समाजसेवी राजेन्द्र राउतले निशुल्क खानाको व्यवस्थापन गरेका छन् ।

लायन्स क्लव अन्तराष्ट्रिय ड्रिष्ट्रीक ३२५ एवानको सहयोगमा सञ्चालनमा भएको विराटनगर १२ स्थित विराट सामुदायिक भवन कोभिड आईसोलेनमा बसेका कोरोना संक्रमितको लागी उद्योगी राउतले एक साता सम्मको पुग्ने निशुल्क खानाको व्यवस्थान गरेका हुन् ।

उद्योगी राउतले आईसोलेशनमा बसेका ३० जना कोरोना संक्रमित विरामीको लागी विहान बेलुकाको खाना व्यवस्थापन गरेको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रीक एवानका पूर्व गर्भनर लिला ढुङगेलले जानकारी दिए । आईसोलेशनमा बसेका एक जना बराबरको ४ सय पर्ने भएका कारण राउत एक मुष्ठ ८४ हजार रुपैया रकम सहयोग गरेको लायन्स क्लबले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर