खबर पूर्वाञ्चल
इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरात भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको हो ।
मोरङ जहदा गाउँपालिका –२ हरीनगरा स्थित भारततर्फ तस्करी हुन लागेको ३६ केजी प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी लादै गरेको गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको गुरुङ भरिया हुन् । उनले निश्चित रकम पाउने लोभमा तस्करीको गाँजा गन्तव्यसम्म पु¥याउने जिम्मा लिएका थिए । प्रहरीले बरामद गरेको गाँजा इप्रका रानीबाट करिब ७ किलोमिटर पूर्व पर्दछ । पक्राउ परेका गाँजा र गुरुङलाई पक्राउ गरी इप्रका रानीले आज मोरङ अदालतमा लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्नेछ ।
प्रहरीले शुक्रवार पनि बन्दा कोपी बोकेर भारततिर जान लागेको ट्रकबाट १५६ केजी गाँजा बरामद गरेको थियो ।
प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रक भित्रबाट प्रहरीले गाँजा र चालकलाई पक्राउ गरेको थियो ।