खबर पूर्वाञ्चल
समाज प्रतिको उत्तरदायित्व र वास्तविक सूचना पाउने नागरिकहरुको नैसर्गिक हक प्रति हामी सदैव प्रतिवद्ध भयौं । हामीले प्रकाशित गरेका समाचारको बारेमा कसैले चुनौती दिन सकेन किनभने हामीले “सत्य, तथ्य र निश्पक्ष” भन्ने मूल नारालाई डगमगाउन दिएनौं ।
छापा माध्यमबाट बिधुतिय श्रब्य, दृश्य हुदैं अहिले पत्रकारिताको मूल माध्यम अनलाईन बन्न पुगेको छ । पाठकहरुको रुची र चाहानामा परिवर्तन भएको छ । जिवनको ब्यस्तता बढे संगै छोटो र छरितो अनि सहज समाचार प्रति पाठकहरुको आकर्षण बढ्दै गएको छ । मोबाईलको बढ्दो प्रयोग संगै सबै खाले पत्रकारितामा सहजताका साथ साथै चुनौती थपिएका छन् ।
प्रविधिमा आएको परिवर्तन र मोवाईलको व्यापक उपयोगले करिब ३ करोड नेपाली नै एककिसिमले संचारकर्मी बनेको अवस्था छ । यस्तो अवस्थामा स्वभाविक रुपले पत्रकारिताको परम्परागत ढाँचाले अब पाठक सम्म पुग्न सकिन्दैन । यसका साथै प्रेसित र प्रकाशित समाचारको सत्यतामा पनि प्रश्न चिन्हहरु खडा भएका छन् । के सहि र के गलत भनी छुट्टयाउन कठिन हुदै गएको छ । सामाजिक संजालको अनियन्त्रित प्रयोगले संचारकर्मी, प्रकाशित सूचना र समाचार प्रति आम जनमानसमा प्रश्न उठ्ने गरेको छ । एउटै समाचारलाई समाचार माध्यम पिच्छे फरक अर्थको प्रस्तुती हुनाले संचारक्षेत्रले आफ्नो साख गुमाईरहेको अवस्था छ । संचार माध्यमका बीचमा पनि अस्वस्थ प्रतिष्पर्धा हुने क्रम बढ्दो छ । अझ कतिपय संचार माध्यम त पक्षधरताकै लागि खोलिएका र परिचालित भएका छन् ।
हामीे यो अवधिमा कसैको पक्षधरताको वकालतमा लागेनौं । जे देख्यौं, तथ्यले जे देखायो, घटना जे थियो, जस्ताको त्यस्तै पाठक समक्ष प्रस्तुत ग¥र्यौ । हामीले कसैलाई पाखा र कसैलाई काखा गरेनौं । हामीले मात्र पाठकलाई प्रेम ग¥यौं र पाठककै निमित्त यो सात बर्ष समर्पित ग¥यौं र पाठकलाई न्याय ग¥यौं भन्ने हाम्रो ठहर छ । त्यसैगरी आउँदा सबैबर्षहरु पनि यसरी नै बिताउने लक्ष्य लिएका छौं ।
यो अवधिमा हामीलाई माया गर्ने, हाम्रो विश्वास गर्ने सबै पाठक वर्गमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै हामीलाई बाँच्नका लागि सहयोग गर्नुहुने सबै विज्ञापनदाता, आदरणीय लेखकहरु एवं सम्बद्ध सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यहाँहरु सबैको साथ र सहयोग निरन्तर पाईरहने विश्वासका लिदैं बार्षिक उत्सवको उपलक्ष्यमा सबै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै सत्य, तथ्य र निश्पक्ष समाचार हेर्न र पढ्न पाउनु पर्ने आम पाठकको अधिकार प्रति हामी सचेत छौं र आजको यस सुखद अवशरमा प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।
तपाईको प्रतिक्रिया