चर्चित कलाकारले तताए विराट ट्रेड फेयर , आज रचना रिमालको प्रस्तुती
पूर्वाञ्चल खबर
२९ आश्विन २०८३, बिहीबार ०८:३१
3
Shares
विराटनगर / विराटनगरमा जारी विराट ट्रेड फेयर–२०८३ मा दैनिक जसो चर्चित कलाकारहरुको प्रस्तुतीले सहभागिहरुलाई मनोञ्जन प्रदान गर्दै आएको छ ।
विराटनगरस्थित जैन भवनमा विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म चालु रहेको विराट ट्रेड फेयरमा अहिले दैनिक जसो चर्चित कलाकाहरुको प्रस्तुतीले सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान गर्दै आएको हो ।
विराट ट्रेड फेयरमा २३ गते गायक कमल खत्री, २४ गते अस्मति अधिकारी २४ गते गायक महेश काफ्ले , २५ गते गायक राजनराज शिवाकोटी,२७ गते गायिका एन्जिला रेग्मी, २८ गते गायिका एलिना चौहानले आफ्ना चर्चित गीत प्रस्तुत गरी संगीतप्रेमी स्रोताहरुलाई भरपुर मनोञ्जन प्रदान गरे ।
आज साँझमा गायिका रचना रिमालको प्रस्तुतीले विराट ट्रेड फेयरलाई थप रोमाञ्चक बनाउने विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले बताए । रचनाले आफ्ना चर्चित गित गाएर दर्शक उफार्ने छिन् । फेयर हरेक साँझदेखि झण्डै राती ९ सम्म कलाकारहरूले प्रस्तुती दिने गरेका छन् । राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको प्रस्तुती हेर्न दर्शकहरूुसँग ५० रुपैंयाको टिकट काटेरै फेयरमा प्रवेश गर्ने गरेका छन् ।