RUMPUM
animated ellipse animated ellipse

स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचबाट दीक्षित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०८०, शनिबार १७:०५
297
Shares
विराटनगर / विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ गरिएको हो ।

उक्त कार्यक्रममै २९ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

विद्यालयका निर्देशक भरत सापकोटाको अध्यक्षता तथा विराटनगर १३ का वडाअध्यक्ष सूर्यलाल यादवको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, तेक्वान्दो प्रशिक्षक नारायण बुढाथोकी, स्काउटर प्रदिप विश्वास, राजाराम घिमिरे, गोविन्द कुमार, दिवस राजबंशीलगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समयमा समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुदै गएकाले स्काउट साथै तेक्वान्दो जस्ता खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन पूर्वाञ्चल स्कुलले खेलेको भूमिका प्रति प्रमुख अतिथि वडाअध्यक्ष यावलले खुसी ब्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरूको चौतर्फी विकासमा हरेक विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा जोड दिनु पर्ने प्याब्सन मोरङ अध्यक्ष सुवालले बताए ।

समारोहमा विद्यार्थीहरूले गायन नृत्य प्रस्तुत गरी उपस्थित महानुभावहरूलाई मनोरञ्जन प्रदान गरे । स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाज प्रति जिम्मेवार बनाउन विगत एक दशक भन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको साथै शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रही आत्मारक्षा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउन तेक्वान्दो प्रशिक्षण कक्षा सञ्चालन गरिदै आएको विद्यालयका प्रिन्सिपल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर