प्रदेश १ मा २६८ जना संक्रमणमुक्त हुँदा १२६ जनामा संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, २१ आश्विन २०७८, बिहीबार १८:०२

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६८ जना कोरोना संक्रमणमुक्त हुँदा १२६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेमा १४४ महिला र १२४ पुरुष रहेका छन् । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२ र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१ जना संक्रमण पुष्टि भएको छ ।

उता सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५