AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा सचेतनामूलक साइकल ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७९, आईतवार १०:३३
99
Shares
विराटनगर/ दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल ¥याली निकालिएको छ ।

¥यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको ¥याली विराटनगरस्थित हिमालय रोडबाट सुरु भएर महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल्ला प्रशासन, हस्पिटल चोक, ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेर पुनः हिमालय रोडमै आएर समापन भएको थियो ।

खनिजजन्य ऊर्जाको खपत कम गरी नविकरणीय ऊर्जाको खपत बढाउने उद्देश्यले ¥यालीको आयोजना गरेको आयोजकको भनाइ छ । ¥यालीले सचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ ।

कार्यक्रममा मेयर कोइरालाले सबैले विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए । उनले विद्युतीय सवारीको दर्तामा महानगरले छुटको समेत व्यवस्था मिलाएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर