मोरङको तीन क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

खबर पूर्वाञ्चल, ५ मंसिर २०७९, सोमबार १०:१०
792
Shares
विराटनगर / हिजो सम्पन्न भएको संसदीय निर्वाचनको मतगणना मोरङको तीन क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

आज विहान बसेको सर्वदलीय वैठकले दिउँसो १ बजेदेखि मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू गर्ने निणर्य गरेको हो । ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको विराटनगरस्थित आदर्श माविमा सुरु गर्ने तयारी गरेको छ । यहाँ प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन बाँस प्रयोग गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक–एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५