RUMPUM
animated ellipse animated ellipse

मोरङको चार स्थानिय तहमा ५ वडाअध्यक्षसहित २६ जना निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०७९, आईतवार ०९:४४
3.31k
Shares
विराटनगर / मोरङको चार वाटा स्थानिय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान, ग्रामथान गाउँपालिका र सुनवर्षी नगरपालिकामा गरि २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

कटरी गाउँपालिकामा १ नं. वडाको वडाअध्यक्षमा एमालेका हरीनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । यसैगरि धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मीयाँले ५ सय ८२ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् । सुनवर्षी नगरपालिका १ मा काँग्रेसका विर बहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाअध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर