पूर्वाञ्चल खबर
होमआईसोलेसनबाट १ सय ९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित थपिएका मध्ये मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ माहालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १ सय ४० पुगेको छ ।
प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।