खबर पूर्वाञ्चल
राप्रपाले केन्द्रीय कार्य समिति विस्तार गर्ने क्रममा मोरङका पूर्व अध्यक्ष बस्नेतलाई केन्द्रीय सदस्यमा चयन गरेको छ । राप्रपाको पार्टी स्थापना कालदेखि जिल्ला नेतृत्वमा रहेका बस्नेतलाई केन्द्रीय सदस्य बनाएको राप्रपा मोरङले जनाएको छ ।
तीन वटा राप्रपा एकीकरण भई एकै पार्टी भएको निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समिति विस्तार गरेको राप्रपाले जनाएको छ । मोरङमा राप्रपा संयुक्तको जिल्ला अध्यक्षमा डाक्टर दुर्गाबहादुर बस्नेत चयन भएका छन् ।