AArya
RUMPUM
animated ellipse animated ellipse

जन्मदै दृश्टि बिहिन कृष्ण र लल्कुलाई न्यानो कपडा सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७८, शनिबार १८:०५
855
Shares
विराटनगर / जन्मदै दृश्टि बिहिन मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलका ४ बर्षिय कृष्ण र उनका दाजु ७ बर्षिय लल्कु मरिक उनीहरुका दिदी बहिनीलाई दयालुहरुले सहयोग गरेका छन् ।

उनीहरुको दयनिय अवस्थाको समाचार प्रकाशित भएका विराटनगरका केही मनकारीहरुले लगाउने न्यानो कपडा , कम्बल र ५० केजी चामल सहयोग गरेका हुन् ।
मनकारीहरुले उपलब्ध गराएको न्यानो कपडा र चामल आज हाम्रो मत दैनिकको टोली कृष्ण र लल्कु अनि उनीहरुका दिदी बहिनी ८ बर्षिया सुलेखा र ६ बर्षिय काजललाई घरमै पुगेर प्रदान गरे ।

भूमीहिन गरिब मात्र नभएर सबैले हेला होचो गर्ने फोहोर र चर्पी सरसफाई गर्ने ‘महादलित ’समुदाय भनिने मरिक थरका बाबुआमाबाट जन्मिएका भाई कृष्ण र दाजु लल्कु जन्मदै दृश्टि बिहिन छन । उनीहरु अन्धामात्र छैनन आँखामा घिनलाग्दो घाउ भएकोले सबैले छिछी र दुरदुर पनि गर्छन ।

गरिबीले गर्दा उनीहरुको आँखाको उपचार हुन सकेको छैन । उनीहरुकै कारण दिदी बहिनीहरुले पनि पढन पाएका छैनन । कृष्ण र लल्कुका आमा निर्मला र बाबु छोटु विराटनगरमा सफाई मजदुरको काम गर्छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर