विराटनगरको मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता

खबर पूर्वाञ्चल, ३० श्रावण २०७९, सोमबार १८:५०
729
Shares

विराटनगर / विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले आज कक्षा – १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेको थियो ।

मखमली सेक्सन प्रथम , निलकमल सेक्सन द्वितीय र लालुपाते सेक्सन तृतिय भएका थिए । विजयी प्रतियोगीहरुले कक्षा ११ को हाजिरी जवाफ प्रतियोगिताको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा नवजीत प्रधान, दिपेश भगत, पि. के. झा, गणेश दाहाललगायतले हाजिरी जवाफ प्रतियोगिताको मास्टरको भूमिका निर्वाह गरे । मेरिल्याण्ड कलेजले २०६९ सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँने गरेको प्रिन्सीपल लक्ष्मण ढकाल बताए । स्मरण रहोस् मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै टप टेन पर्ने शैक्षिक संस्थामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५