animated ellipse animated ellipse

प्रदेशसभाको बैठक माघ २५ गते हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७७, आईतवार १९:२३
288
Shares
विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २५ गतेका लागि आह्वान गरिएको छ । संसद सचिवालयले आज सूचना प्रकाशित गरि बैठक आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् ।

संसदको पहिलो बैठक गत माघ ७ गते बसेको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संसद आह्वान संसद सूचना वाचन गरेर अनिश्चितकालका लागि स्थगित बैठक माघ २५ गते दिउँसो २ वजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव पराजुलीले बताए । लामो समय सम्म बैठक स्थगित भएपछि प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावको प्रकृया अघि बढ्न सकेको छैन । मुख्यमन्त्री राई विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले गत पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले मतदान गर्ने लगभग निश्चित भएपछि मुख्यमन्त्री राई र उनी पक्षको नेकपाले संसद बैठक चल्नै नदिने तयारीमा लागेको छ । मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने नेकपाका १६ सांसदलाई संसद प्रवेश गर्न दिन बैठक चल्न नदिने नेकपा प्रमुख सतेचक बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।

सभामुख प्रदिपकुमार भण्डारीले नेकपाको दुवै पक्षले एकअर्कालाई कारवाही गरेपनि त्यो कार्यन्वयन नहुने बताएका छन् । मुख्यमन्त्री राई समक्ष सभामुख भण्डारीले पहिलो बैठक शुरु हुनुअघि नै कारवाही कार्यन्वयन नगर्ने अडान लिएका थिए । मुख्यमन्त्री राईले सभामुखलाई अविश्वास प्रस्ताव खारेज गर्न दवाव दिएका थिए । सभामुख भण्डारीले रितपुर्वक अविश्वास प्रस्ताव आएकाले खारेज नहुने बताईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर