AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १२ लाख ३८ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७८, आईतवार १८:५३
243
Shares
विराटनगर / प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले प्रदेश १ मा निर्धारण गरिएका खोपकेन्द्रमध्ये ८० प्रतिशत विद्यालय रहेको बताए । प्रदेश १ का सबै जिल्लामा खोप पुगिसकेकोले चैत २५ गते विराटनगरमा बृहत कार्यक्रमको आयोजना गरेर अभियानको शुरुवात गरिने उनले बताए।

नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, मोरङ अध्यक्ष सन्जिव खनाल र टेलिभिजन पत्रकार समूहका सभापति मोहन मानन्धरले मोबाइलको रिङ्ग टोनमा अभियान सम्बन्धी जानकारी राख्न सुझाव दिए । अभियान अन्तर्गत प्रदेशका १५ महिनादेखि १५ बर्षसम्मका १२ लाख ३८ लाख ३८७ जनालाई खोप अभियानमा समेटने लक्ष्य लिएको छ ।

खोप अभियान विद्यालय, वडा, टोल, तथा सार्वजनिकस्थनमा सञ्चालन गरिने निर्देशक बस्नेतले जानकारी दिए । उक्त खोप ९७ प्रतिशत प्रभावकारी र प्रदेशमा ९० प्रतिशतलाई लगाउने लक्ष्य लिएको छ । गाभि संस्थाले निशुल्क उपलव्ध गराएको उक्त खोप दक्षिणपूर्वी एशियामा अभियान सञ्चालन गर्ने नेपाल पहिलो राष्ट्र भएको सोही अवसरमा बताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर