AArya
RUMPUM
animated ellipse animated ellipse

मारवाडी प्रिमियर लिग क्रिकेटको नवौं संस्करण हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ फाल्गुन २०७८, बिहीबार १६:२०
954
Shares
पुष्पराज थपलिया
विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको नवौं संस्करण विराटनगरमा हुने भएको छ ।

आयोजक नेपाल अग्रवाल यूवा मञ्चले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन ११गतेदेखि विराटनगरमा हुने जानकारी गराएको छ । खेल सम्योजक हेमन्त अग्रवालले फागुन ११ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधारमा खेलाइने बताए । प्रतियोगितामा १० बटा लिग खेल हुने अग्रवालले बताए । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टीकर्स, प्रिमियर–११, हुलास–११,परशुराम वारियर्स र सिएसवि–११ सहभागि रहेका छन् ।

विजेताले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने देलाडीले नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्मान्न गर्न करिव ८ देखि १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खेल १०–१० ओभरको खेलाइने छभने फाइनल खेल १२ ओभरको हुने एमपिएल–९ का अध्यक्ष अभिषेक केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर