विराटनगर / नेपालसँग बिक्री गर्ने कच्चा तेल पाम आयलको सम्झौता युक्रेनले खारेज गरेको समाचार आजको न्यू सृष्टि दैनिकमा ब्रहमदेव यादवले लेखेका छन् ।
रसियाले युक्रेनमाथि आक्रमण गर्ने क्रम जारी रहेकै बेला युक्रेन र नेपालबीच पाम आयलको सम्झौता रद्द भएको हो । फेब्रअरीमा युक्रेनले सुनसरी मोरङ औद्योगिक कोरिडोर क्षेत्रको आधा दर्जनभन्दा बढी तेल उद्योगलाई बिक्री गरिसकेको पाम आयलको सम्झौता खारेज गरेको छ ।
उद्योग संगठन मोरङका कोषाध्यक्ष तथा क्वालिटी रिफाइन उद्योगका सञ्चालक विपिनरसियाले युक्रेनमाथि आक्रमण गरेर क्षति पुग्याएको त्यहाँको भण्डारण कक्ष निर्माण भएर पूर्ण रूपमा सञ्चालनमा ल्याउन ५ वर्षभन्दा बढी समय लाग्छ । त्यति समयसम्म युक्रेनबाट पाम आयल नेपाल भित्रिने सम्भावना नरहेकोले नेपालका तेल उद्योग धरासायी भएर बन्द हुने उनको तर्क छ ।
बागमती आयल इन्र्डाष्टजका संचालक देवकीनन्दन अग्रवालले युक्रेनले नेपालसँग बिक्री गरिसकेको पाम आयलको सम्झौता खारेज गरेर नयाँ पाम आयल सम्झौता गर्ने पक्षमा नरहेकोले अब नेपालमा रिफाइन तथा तोरी तेलको मूल्य बढ्ने बताए । अग्रवालले भने, विराटनगरका उद्योगी व्यवसायीसँग बढीमा २० दिनसम्म पुग्ने रिफाइन र तोरी तेल स्टकमा छ । त्यसपछि तेलको अभाव सिर्जना हुने र मूल्य बढ्ने छ ।
पुतरेनबाट नेपाल भित्रिने पाम आयलको सम्भौता खारेज मूल्यप्रतिलिटर २५० रूपैयाँ पुगेको छ । सो मूल्यमा सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित स्वस्तिक आयल इण्डष्ट्रिज, पशुपति खाद्य तेल उद्योग, श्रीराम रिफाइनरी इण्डष्ट्रिज, बाग्मती आयल इण्डष्ट्रिज, क्वालिटी आयल इण्डष्ट्रिज, बाबा आयल इण्डष्ट्रिज, एभरेष्ट आयल इण्डष्ट्रिजका लागि आवश्यक कच्चा तेल पाम आयल युक्रेनबाट आयात हुने गरेको छ ।
खरिद गरिएको पाम आयल नेपाल आइपुग्दा ३ सय रूपैयाँ लागत पर्न जान्छ । र त्यसलाई रिफाइन गरेर तेल बनाउँदा तेलको मूल्य ४ सय रूपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका तेल उद्योगहरूले तेस्रो मुलुकबाट तोरी आयात गरेर तेल यसबाहेक श्रवण अग्रवालको घरेलु ब्राण्डको तेल उद्योगले समेत तेस्रो मुलुकबाट तेलको रिप्याकेजिङ्ग गरी बिक्री गर्ने गरेको छ ।
रसियाले युक्रेनमाथि आक्रमण गर्ने क्रम जारी उत्पादन गरिरहेको छ । युक्रेनको गोदाममा रहेको लाखौ मेट्रिक टन युद्धकै क्रममा ध्वस्त भएको कारणले तोरी आयातमा कमी हुने र तोरीको मल्य पनि बढ्ने अपेक्षा गारिएको छ । रहेको बेला कच्चा तेल पाम आयलको मूल्य बढेको छ । सोमबार मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर २० रूपैयाँले पाम आयलको मूल्य बढेको हो। र, प्रत्येक दिन मूल्य बढ्ने क्रम जारी छ ।
अन्तर्राष्ट्रिय बजारमा नै पाम आयलको विराटनगरस्थित घैला तोरी तेलका सञ्चालक नरेश राठीले उद्योगसँग सिमित मात्रामा तोरी रहेकोले केही दिनपछि तेल उत्पादनमा गिरावट आउने र मागबमोजिमको बजारमा वितरण गर्न नसकिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया