AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रचण्डको साथ छाडेर एमालेमा लागेका बादलसहित २३ माओवादीका नेता एमालेको केन्द्रीय सदस्यमा नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७७, शुक्रबार १७:३७
1.74k
Shares
फाइल तस्वीर
काठमाण्डौ /प्रचण्डको साथ छाडेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका रामबहादुर थापा ‘बादल’ सहित ४२ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ओली समुहको केन्द्रीय समितिबाट बादलसहित ४२ जना केन्द्रीय सदस्यमा नियुक्त गरेको हो ।
माओवादी केन्द्रसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका हुन् । बैठकले एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ एमाओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । योसँगै अब एमालेको केन्द्रीय कमिटी दुई सय ६४ सदस्यीय भएको छ ।

यस्तै बैठकले सातै प्रदेशको इन्चार्ज पनि तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, वागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । त्यसैगरी प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर