पूर्वाञ्चल खबर
क्षेत्र नम्बर ३ बाहेक अन्य सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दललाई पछि पारेका छन् ।
क्षेत्रगत ताजा अवस्था
क्षेत्र नं. ६ मा रास्वपाकी रुविना आचार्य १६,८२३ मतसहित अगाडि छिन् । उनलाई कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ३,९५५ मत र एमालेका विनोद ढकाल २,९४५ मतले पछ्याइरहेका छन् ।
क्षेत्र नं. ५ मा रास्वपाकी आशा झा ६,२२५ मतका साथ शीर्ष स्थानमा छिन् । जसपाका राजकुमार यादव २,९०१ मतसहित दोस्रो र नेकपाका शिवकुमार मण्डल ९२,१५७ सहित तेस्रो स्थानमा छन् ।
क्षेत्र नं ४ मा रास्वपाका सन्तोष राजवंशी १६,६१५ मतसहित निकै अगाडि छन् । नेकपा उम्मेदवार अमनलाल मोदीले ६,७३७ मत छ । कांग्रेस उम्मेदवार गुरुराज घिमिरेले ५,१४५ मत प्राप्त गरेका छन् ।
मोरङ ३ मा भने रास्वपाका गणेश कार्की २,३६३ मत सहित शिर्ष स्थानमा रहेका छन् । कांग्रेसका सुनिल शर्मा १,७८२ मतसहित दोस्रो र श्रम संस्कृति पार्टीका अमिर मगरले १,७२१ तेस्रो स्थानमा छन् ।
क्षेत्र नं. २ मा रास्वपाका कृष्ण कार्की ४,१२० मतसहित अगाडि छन् भने एमालेका दिलीपकुमार अग्रवाल १,४०९ मत सहित दोस्रो र कांग्रेसका डा. मिनेन्द्र रिजाल १,२१९ पछि परेका छन् ।
क्षेत्र नं. १ मा रास्वपाका यज्ञमणी न्यौपाने ६,६३९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन ५,३३३ ले पछ्याउँदै छिन् । एमाले र कांग्रेसका उम्मेदवार यहाँ निकै पछाडि छन्।
जिल्लाका सबै क्षेत्रमा मतगणना जारी छ र रास्वपाको सुरुवाती अग्रताले पुराना दलहरूलाई कडा चुनौती दिएको छ ।