RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमित वृद्धको विपिमा मृत्यु, प्रदेश १ मा मृत्यु हसनेको संख्या १९ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार १३:३९
684
Shares
विराटनगर / कोरोना भाइरस संक्रमणका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचार गराइरहेका धरान १५ का ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि उनको आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचापको विरामी उनको साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर