animated ellipse animated ellipse

निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०८०, बुधबार १६:१४
207
Shares
विराटनगर / विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित भएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल भएको हो । यसको पुष्टि मङ्गलवार भएको छ ।

कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको ‘संविधान कार्यान्वयन : चुनौती र समाधान’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा शिक्षादीप कलेजका छात्र र छात्रा दुवै विधामा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

शिक्षादीपका विद्यार्थीहरु छात्राततर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथम भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति अधिकारी द्वितीय र सेन्टमेरिजकी उत्साह सिंह कार्की तृतीय भएका थिए ।

सहभागी छात्रहरुमध्ये विकेभिएमका सफल तिमल्सिना दोश्रो र अरनिको माविका अनुक्रम काफ्ले तेश्रो भए । विजयी प्रतियोगीहरुलाई संविधान दिवसका दिन मुख्यमन्त्री कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

कोशी प्रदेश सरकारले गत असोज १ गते ‘संविधानको कार्यान्वयनः चुनौती र समाधान’ भन्ने विषयमा प्रदेशका माध्यमिक विद्यालय(कक्षा ११ र १२)का छात्रा र छात्रहरुमा बेग्ला बेग्लै निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

विद्यार्थीहरु पुरस्कृत भइसकेपछि शिक्षादीपका प्रचार्य ज्ञानबहादुर खड्काले आफ्नो विद्यालयले कोरा पढाइलाई मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि ध्यान पुर्याएकोले विद्यार्थीहरुले प्रतिभा प्रष्फुटनको मौका पाएको बताए । उक्त माविले वर्षभरि विभिन्न दिवसहरु विद्यार्थीहरुका बीचमा प्रतियोगीतात्मक कार्यक्रमहरु गरी मनाउने गरेको पनि प्रचार्य खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर