AArya
RUMPUM
animated ellipse animated ellipse

बजाजको चेतक ३५०५ र चेतक २५०१ स्कुटर सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०८३, बिहीबार १८:४२
3
Shares
विराटनगर / बजाज मोटर कम्पनीको विराटनगरकालागि आधिकारिक डिलर यस एण्ड ब्रदर्शले बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर चेतक ३५०५ र चेतक २५०१ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विराटनगरको मुनालपथस्थित बजाजको आधिकारिक बिक्रेता आधिकारिक डिलर यस एण्ड ब्रदर्शको शोरुमा परिसरमा आज दुइवटा स्कुटर सार्वजनिक गरिएको हो । शोरुम संचालक मजोज चोधरी , मोरङ ट्राफिक प्रशरी निरिक्षक सन्तोष न्यौपाने र समाजसेवी चान्दबाबु इराकीले सम्युक्तरुपमा स्कुटर सार्वजनिक गरेका हुन् ।
चेतक ३५०३ को मुल्य ३ लाख ३९ हजार नौ सय रहेको थियो । यो ४ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । चेतक २५०१ को मूल्य २ लाख ८१ हजार नौसय रहेको छ । यो ६ कलरमा उपलब्ध रहेको हंषराज हुलासचन्द्र एण्ड कम्पनी प्रालीका विद्युतिय विभागका प्रमुख रामेश्वर घिमिरेले बताए । धिमिरेका अनुसार यो स्कुछरले १ सय १३ किलोमिटर माइलेज दिने बताए ।
चेतक ३५०३ स्कुटरमा ३.५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटकको फुल चार्जमा १ सय ५१ किलोमिटरसम्मको प्रभावशाली आइडिसी रेन्ज दिने जनाईएको छ । स्कुटरमा आधुनिक डिजाइन र उपयोगितालाई विशेष ध्यान दिइएको छ । यसमा ३५ लिटर क्षमताको विशाल बुट स्पेस रहेको कम्पनीले जनाएको छ ।
चेतक २५०१ स्कुटरमा २.५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटकको फुल चार्जमा १ सय १३ किलोमिटरसम्मको प्रभावशाली आइडिसी रेन्ज दिने जनाईएको छ । स्कुटरमा आधुनिक डिजाइन र उपयोगितालाई विशेष ध्यान दिइएको छ । यसमा २५ लिटर क्षमताको विशाल बुट स्पेस रहेको कम्पनीले जनाएको छ । दुवै स्कुटरमा कम्पनिले ५ वर्षको वारेन्टी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर