AArya
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलको दसौं वाषिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०७९, आईतवार १८:२३
360
Shares
विराटनगर / किड्स भिलेज स्कुल विराटनगरले दसौं वाषिकोत्सवका साथै फन फिस्ता कार्यक्रमको आयोजना गरेको छ।

फन फिस्ता कार्यक्रममा १२ वटा स्टलहरु राखिएको थियो। परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न सामाग्रि, कागज र प्लास्टिकका पुराना सामग्री, तारामंडल, नवीकरणीय स्रोत, होलोग्रामलगायत विभिन्न खेलकुदहरूका स्टलहरुमा अभिभावकहरूको बाक्लो उपस्थिति र सहभागिता रहेको थियो।

विजेताहरूले पुरस्कारका साथै सेल्फी जोनमा पारिवारिक फोटो खिच्न पाउने व्यवस्था पनि गरिएको थियो। सास्कृति कार्यक्रममा अभिभावकहरूको अत्याधिक धेरै रुचि देखियो । स साना नानीबाबू हरुले संगीत नृत्य र गायनका माध्यमबाट आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए । यस्ता कार्यक्रमले बाल बालिका भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन मद्दत गर्नुका साथै साथै पारस्परिक सम्बन्ध र सदभाव बढाउन मद्दत गर्ने कार्यक्रमका प्रमुख अतिथि खेम नेपालीले बताए। यस्तो कार्यक्रमले बालबालिकाहरूको आत्मविश्वास बढाउनुका साथै अनुभवी र क्षमतावान् बनाउने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर