animated ellipse animated ellipse

बलुवाहीमा छठ पूजालाई भब्यरुपमा सम्पन्न गर्न छलफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०८०, शनिबार १५:४२
918
Shares
विराटनगर / विराटनगर–८ बलुवाहीमा रहेको छठ पूजा समितीले मंसिर ३ गते हुने छठ पूजालाई भब्यरुपमा सम्पन्न गर्न छलफल गरेको छ ।

आज छैठीमाता मन्दिर परिषदमा आयोजना गरेको समितीले छठ पूजालाई भब्यरुपमा सम्पन्न गर्न छलफल गरेको हो ।

कांग्रेसका यूवा नेता अविशेक गिरिको प्रमुख आतिथ्यमा भएको छलफलमा आउँदै गरेको छठ पूजालाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । युवा नेता गिरिले छठ सम्पन्न गर्न आर्थिकदेखि सक्के सवै सहयोग गर्ने घोषणा गरे ।

समाजसेवी प्रमोद खतिवडाले कोशी प्रदेश भरि छैठीमाता मन्दिर याहाँमात्र भएको दावी गरे । हामीले ७ वर्षदेखि लगाताररुपमा वलुवाहीमा छठ पूजा गर्दै आएकोले सधैको भन्दा फरक र आधुकि तरिकाले यसपालीको छठ पूजा सम्पन्न गर्ने खतिवडाले बताए ।

छलफलमा छठ पुजा समितकाका संयोजक राजन राँय, समाजसेवी सचिन पोखरेल, दिपक कार्की र स्थानिय समाजसेवीको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर