RUMPUM
animated ellipse animated ellipse

प्रतिबन्धित लागु औषधसहित लेटाङबाट एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७७, सोमबार १६:४१
3
Shares
विराटनगर / मोरङको लेटाङबाट प्रतिबन्धित लागु औषधसहित १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलिले लेटाङ–८ का २८ वर्षीय मनोजकुमार मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मगरलाई लेटाङ –८ जाँतेको मोरङे खोलाबाट लागुऔषध बोकेर जाँदै गरेको अवस्थामा उनले चलाएको टेम्बसहित पक्राउ गरिएको छ ।

मगरको साथबाट मगर चालक रहेको को २ ह ६१७४ नम्बरको टेम्पुसहित प्रहरीले ३ सय १६ थान ट्रामा र ३ सय ८८ थान डिकोलिक लागुऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका मगरमाथि थप अनुसन्धान मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर