AArya
RUMPUM
animated ellipse animated ellipse

काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०८१, बुधबार १४:४६
99
Shares
काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ गर्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह । तस्वीर : पुष्पराज थपलिया
तेह्रथुम(तिन्जुरे) / काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ गरिएकाे छ ।

कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको  शुभारम्भ गरिएको हाे ।

तेह्रथुम लालिगुराँस नगरपालिका स्थित आर आर गार्डेनमा आयोजित काेशी प्रदेश पर्यटन वर्षको शुभारम्भ उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे ।

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए।

सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको बताए। नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताए। यो प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उहाँले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए।

पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरे।

प्रदेश सरकारले पर्यटन वर्षको अवधिमा १० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर