AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७८, सोमबार १७:४६
135
Shares
झापा / झापाको विर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ ।

आज एक समारोहका बिच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार शान्ती सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बताए । सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको बताउँदै उनले सुविधा युक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भएपनि ट्राफिक प्रहरीले काम गर्ने गरेको बताए ।

नागरिकलाई सुरक्षा दिनकालागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने बताए । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उनले भवनको उचित व्यवस्थाप नगर्न उनले निर्देशन दिए ।

प्रदेश सरकारले मेची पुलदेखि कोशी पुलसम्म तथा जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको छ । सिसी क्यामेराले मानिसलाई अनुुशासीत बनाउने बताउँदै दुर्घटनामा कमी आउने समेत बताए । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको १ करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा निर्माण भएको हो । भवन निर्माणका सहयोग गर्नेलाई सम्मान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर